Logo

टेष्ट राष्ट्र आयरल्यान्डलाई हराउने अवसरबाट नेपाल चुक्यो



काठमाडौं, २ फागुन । टेष्ट राष्ट्र आइरल्यान्डलाई ट्वान्टी ट्वान्टी क्रिकेटमा हराउने अवसरबाट नेपाल चुकेको छ । आज ओमानमा भएको प्रतिष्पर्धामा नेपाल आइरल्यान्डसँग ११ रनको झीनो अन्तरले पराजित भयो ।

कमजोर ब्याटिङ नेपालको पराजयको कारण बन्यो । पहिले ब्याटिङ गरे आइरल्यान्डले सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, ब्याट्सम्यानहरु नचल्दा नेपाल पराजित भयो ।

नेपालले ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालका दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएका थिए । उनले २८ रन पनि बनाए ।
चार देशीरय ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले आज तेस्रो खेल खेलेको हो ।



प्रतिक्रिया दिनुहोस्