Logo

चीनले एमसीसी रोक्न खोजिरहेको विश्लेषक शिवप्रसाद तिवारीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, २ फागुन । राजनीतिक विश्लेषक शिवप्रसाद तिवारीले चीनले एमसीसी रोक्न खोजेको बताएका छन् । उनले एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको बताएका हुन् ।

‘चीन एमसीसी रोक्न लागेको छ,’ तिवारीले रिपोर्टर्स नेपालको भिडियो अन्तवार्तामा भने । उनले एमसीसीलाई सैन्य रणनीति भन्नु गलत रहेको बताए ।

अमेरिकाले एमसीसीबाट सैन्य उद्देश्य हासिल गर्न खोजेको प्रश्नमा तिवारीले भने, ‘अमेरिकासँग भीमकाय गुप्तचर निकाय देखिका संयन्त्रहरु छन् । सैन्य उद्देश्य प्राप्त गर्न एमसीसी किन चाहिन्छ ?’

कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा देखिएर आफूलाई राष्ट्रवादी देखाउने भ्रम छरिरहेको बताए । उनले भने, ‘देङ स्याओ पिङको उदारवादी अर्थनीतिको विरोध गरेर अतिवाद देखाउने नेपालकै कम्युनिस्ट हुन् ।’



प्रतिक्रिया दिनुहोस्