Logo

सभामुखले गरे एमसीसी टेबल गर्ने संकेत



काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी प्रस्ताव सरकारले सदनमा प्रस्तुत गरेमा टेबल गर्ने संकेत गरेका छन् । उनले आफू सदनमा रेफ्रीको भूमिकामा मात्र रहेको र खेलाडीहरु दल नै रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ आज सर्वदलीय बैठकपछि पत्रकारको एमसीसीबारेको प्रश्नमा उनले भने,‘म अली ओपन माइन्डको छु ।’

सापकोटाले वर्तमान सभामुखको हैसियतमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्ने बताए । उनले दलहरुकै भूमिका एमसीसीमा निर्णायक हुने दोहाराएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot