Logo

चौरजहारी बजारमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार



काठमाडौं, ३ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले चौरजहारी नगरपालिका वडा नं २, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको हो ।

बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै उक्त शाखा संचालनमा ल्याएको जनाएको छ । नयाँ शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका हुन् ।

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्