Logo

मेगा बैंकको चार वटा शाखारहित बैंकिङ सेवा विस्तार



काठमाडौं, ३ फागुन । मेगा बैंक नेपाल लिमिटेडले थप ४ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । मेगा बैंकले भोजपुर, गुल्मी, कञ्चनपुर र सिन्धुलीसहित चारवटा जिल्लामा नयाँ सेवा विस्तार गरेको हो ।

बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्