Logo

सिटिजन्स बैंकका ग्राहकलाई हंग्री फास्ट फुडमा १५% छुट



काठमाडौं, ३ फागुन । सिटिजन्स बैंकले हंग्री फास्ट फुड निजगढसँग सम्झौता गरेको छ । दुई कमपनीबीच बैंकको कार्डबाहकहरूलाई १५ प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुड को सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गर्ने भएको छ ।

बैंकले १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्