Logo

‘ए’ डिभिजन लिगः आज ब्रिगेड र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स भिड्दै



काठमाडौं, ३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार)बाट ११औं चरणको खेल सुरु हुँदैछ ।

लिगको ११औं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् । आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेड र च्यासल दुबै टोली आज रेलिगेसनबाट जोगिन जित्नै पर्ने दबावमा रहेका छन् ।

ब्रिगेड १० खेलमा ६ अंकका साथ १३औं स्थानमा रहेको छ भने ५ अंक जोडेको च्यासल पुछारमा रहेको छ ।

आज हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

९ अंक जोडेको जावलाखेल ११औं स्थानमा रहेको छ भने फ्रेन्ड्स ६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot