काठमाडौं, ३ फागुन । आईसीसी टी–ट्वान्टी वरीयतामा नेपालको स्थान खस्किएको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान तल झर्दै १३औं स्थानमा रहेको छ ।
यस अघि नेपाल १२औं स्थानमा रहेको थियो ।
चारदेशीय टी–२० सिरिजको तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको छ ।
सिरिज आफ्नो पोल्टामा पार्न सफल युएई १२औं स्थानमा उक्लिएको छ ।