काठमाडौं, ३ फागुन । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) को लागि बोलाईएको छ । तर, कांग्रेस सांसदहरुले प्रधानमन्त्री एवम् संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष भोलिको संसद् बैठक बस्ने या नबस्नेबारे निधो गर्न भनेपछि सभामुखलाई फोन गरेर भोलिको बैठक सुचारु गर्न भनेका छन्।
आज कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकको बीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको जनाईएको छ । उता, कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले भोलिको बैठकमा एमसीसी टेबुल हुने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद कोइरालालले जानकारी दिए ।
‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए ।
उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने ।