काठमाडौं, ३ फागुन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा एकैपटक गर्न लागेको हो । सभा काठमाडौंको नक्साल स्थित लिसारा हलमा बिहान ११.३० बजे सुरु हुनेछ ।
सभामा ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
यसैगरी, संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
साधारण सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । तर, लगानीकर्ताको हात भने खालि हुनेभएको छ । कम्पनीले साधारणसभामा लाभांश प्रस्ताव पेश नगर्ने भएको हो ।