Logo

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता



एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ।

४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले लेखेको छ । फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग उक्त संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्। बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने वाचा गरेको जनाइएको छ। यसअघि रुसी विदेशमन्त्रीले पनि कूटनीतिबाट आफूहरू नथाकेको बताएका थिए।

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक राखेको रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आक्रमण हुनसक्ने भनेको भोलि बुधवारको दिनलाई युक्रेनी एकताको दिनका रूपमा मनाउने घोषणा गरेका छन्। अमेरिकी सूचनाले रुसले भोलि आक्रमण गर्न सक्ने भने पछि जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै एकता दिवसको घोषणा गरेका हुन्।-Photo: Agency

 

‘फेब्रुअरी १६ मा रुसले आक्रमण गर्न सक्छ: युक्रेनी राष्ट्रपति’



प्रतिक्रिया दिनुहोस्

Screenshot