काठमाडौं, ३ फागुन । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले उच्च तहको कर्मचारीको लागि आवेदन माग गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आह्वान गरेको हो ।
संस्थाको अनुसार करारमा सिइओ पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्स् वा ब्यवस्थापन, बैकिङ, अर्थशास्त्र, वाणिज्यशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरी ५ वर्ष बैंक तथा वित्तीय संस्थाको उच्च तहमा अनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले २१ दिन भित्र संस्थाकोे केन्द्रीय कार्यालय तुलसीपुर दाङ वा कम्पनीको इमेले मार्फत आवेदन दिन सक्ने जनाएको छ ।