Logo

अमेरिकी दूतावासले भन्योः एमसीसीबाट पछि हट्दा दुई देशबीचको सम्बन्धमा असर पर्छ



काठमाडौं, ३ फागुन । अमेरिकाले हस्ताक्षर भएको सम्झौताबाट नेपाल पछि हट्दा दुई देशबीचको सम्बन्धमा असर पर्ने बताएको छ । एमसीसी सम्झौतालाई लिएर नेपालमा भैरहेको विवादतर्फ लक्षित गर्दै राजदूत ¥यान्डी जे बेरीले  हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा दुई देशको सम्बन्धमा असर पुग्ने चेतावनी दिएका हुन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसअघि नेपाली नेताहरुलाई एमसीसी पारित गर्न धम्कीपूर्ण दवाव दिएको विषयमा पनि बेरीले खण्डन गरेका छन् । आज एक वक्तव्य जारी गर्दै बेरीले नेपाली नेताहरुलाई धम्की नदिइएको समेत स्पष्ट पारेका छन् ।

जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामीले नेपाली नेताहरुलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो । यो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ ।’

यो विकास कार्यक्रम भ्रामक सुचनाामा फसेको उल्लेख गर्दै उक्त भ्रामक सुचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित भएको जनाइएको छ । ‘जुन पारदर्शिता,जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुनसक्छ ?’वत्तव्यमा लेखिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot