Logo

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो



काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो ।

यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यो अबधिसम्म आउँदा कम्पनी २ करोड ७५ लाख रुपैयाँ नोक्सान गरेको छ ।

कम्पनीको खराब कर्जा बढेर ४.८९ प्रतिशत भएको छ । यस्तै, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot