Logo

प्रधानमन्त्री देउवाद्वारा साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, ३ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

“वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” देउवाले लेखेका छन् । नेपाली नियात्रा साहित्यलाई उचाइमा पुर्‍याएका साहित्यकार डा. शर्मा (ताना सर्मा) को मंगलबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो ।-File Photo

 

‘साहित्यकार तारानाथ शर्माको निधन’



प्रतिक्रिया दिनुहोस्

Screenshot