Logo

तथ्यांकमा नआएको २४ लाख डोज खोपको प्रतिवेदन मन्त्रीले बुझे



काठमाडौं, ३ फागुन । कोरोना भाइरसविरुद्धको हराएको २४ लाख डोज खोपको प्रतिवेदन छानबिन समितिले बुझाएको छ । सरकारको तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धकोे खोपबारे छानबिन गर्न गठित समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको कारण खोपको तथ्यांक हराएको रिपोर्टमा उल्लेख गरिएको जनाइएको छ । file Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot