काठमाडौँ, ३ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छिन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छिन्, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनुहुनेछ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) February 15, 2022