Logo

निजगढ पुगेर पर्यटनमन्त्री प्रेम आलेको उद्घोष : ‘मैले बोलें, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ’



काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुसहित आज एक टोली निजगढ पुगेको छ । उक्त टोलीले विमानस्थल बन्ने स्थलका स्थायीवासीहरुसँग पनि अन्तरक्रिया गरेको छ।

सो क्रममा संक्षिप्त सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘म एयरपोर्ट बनाउँछु, प्रेम आलेले बोलेपछि काम हुन्छ, हुन्छ। म सबैमा यो विश्वास दिलाउन चाहन्छु कि यहाँ विमानस्थल बन्छ । यो आवश्यकत्ता हो ।’

टोलीले बारको जीतपुर उपमहानगरपालिका, ट्यांग्ला बस्तीको अवलोकन र स्थानीयहरुसँग अन्तरक्रिया गरेको थियो । उक्त क्षेत्रमा १५ सय घर छन् । जहाँ १२ हजार जनाको बसोबास छ । तर, आधारभूत सेवा सुविधा समेत उक्त क्षेत्रमा छैन् । टोलीमा सहभागी एक सांसदले भने,‘यो ठाउँमा अझै विजुली छैन् । टेलिफोनको सुविधा पनि छैन् । यो ठाउँ बत्तिमुनिको अध्याँरोमा छ । खानेपानीको सुविधा छैन् । राम्रो स्कुल र कलेजपनि छैन । स्वास्थ्य चौकी पनि छैन् ।’

२०५२ सालदेखि नै निजगढ अन्तर्राष्ट्रि विमानस्थल बनाउने कुरा सुरु भएको थियो । तर, आजसम्म भने विमानस्थल निर्माणको काम भने सुरु हुन सकेको छैन् । उक्त क्षेत्रमा २०१५ सालदेखि जनताको बसोबास छ । जनता ठूलो समस्यामा छन् ।

भ्रमण दलमा सहभागी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको आवाजलाई सरकारले सुनुवाई गर्ने बताएका थिए । विमानस्थल बनाउनेगरि सरकार अघि बढेको सुनाउँदै स्थानीयवासीहरुको मागलाई उचित तवरले सम्बोधन गरिने विश्वास दिलाएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले पनि विमानस्थल बनाउने कुरा गरे । उनले विमानस्थल बनाउनु आजको आवश्यकत्ता भएको औंल्याए । टोलीमा संघीय सरकारका मन्त्रीहरु, सचिवहरु, मधेश प्रदेशका मन्त्रीहरु र बाग्मती प्रदेशका मन्त्रीहरुको पनि सहभागिता रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्