काठमाडौं, ३ फागुन । एमसीसी टेबल हुने भनिएपछि धेरैको ध्यान संसदतिर गएको छ । ४ फागुनमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने नेपाली काँग्रेसले निर्णय गरिसकेको छ । तर, सरकारले लग्ने प्रस्ताव टेबल गर्ने नगर्ने सभामुखसँग निर्णय अधिकार हुन्छ ।
१ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव समावेश गरिएको छैन । यसलाई चासोसका साथ हेरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले संसद बैठक अघि बैठक बोलाएका हुन् । बैठकमा एमसीसी टेबल गर्नेबारे छलफल हुने चर्चा छ ।
प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल भएमा छलफल अगाडि बढ्नेछ । यसलाई निर्णयार्थ प्रस्तुत गर्ने सभामुखकै हातमा हुन्छ ।
एमसीसी सम्झौता १६ फागुनभित्र अनुमोदन गर्न अमेरिकाले समयसीमा दिएको छ । उसले एमसीसी अनुमोदन नगरे सम्बन्धमा पुनरावलोकन गर्ने चेतावनी समेत दिएको । उसले समयसीमा बढाउन समेत अस्वीकार गरेको छ ।