Logo

माओवादी केन्द्र र कांग्रेसको संसदीय दलको बैठक बस्दै



काठमाडौं, फागुन ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा अहिले बिहान १० बजे बस्ने तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभा बैठकअघि (माओवादी केन्द्र)ले बैठक बस्न लागेको हो । आजै नेपाली कांग्रेसले समेत संसदीय दलको बैठक बस्न लागेको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

संसदअघि कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुदैछ । प्रतिनिधिसभाको बैठकमा सरकारले आज एमसीसी सम्झौता अनुमोदनका लागि टेबुल गर्ने तयारी गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्