एजेन्सी, ४ फागुन । भनिन्छ पैसामा ठूलै शक्ति हुन्छ । पैसाले कतिपय असम्भव भनिएका सम्भव बनाउने र घटनालाई नै उल्टाइदिने गर्दछ ।
बेलायती राजकुमार एन्ड्रीउले आफूमाथि आइपरेको यौन र्दुव्यवहारको घटनालाई पैसाको बलमा सल्टाएका छन् । यौन र्दुव्यवहारको घटना अदालतमा पुगेपछि थामथुम पार्न उनले पीडित महिलालाई एक करोड पाउण्ड भन्दा बढी तिरेको ‘इन्डिपेन्डेन्ट’ ले उल्लेख गरेको छ । राजकुमार एन्ड्रीउले तिरेको रकम नेपाली रुपैयाँ १ अर्ब ६३ करोडभन्दा बढी हुन्छ । तर, अदालतको समझदारी पत्रमा रकम उल्लेख गरिएको छैन ।
राजकुमार एन्ड्रीउले यो घटनाबाट ठूलो सामाजिक क्षति भोग्नुपरेको छ । उनी बेलायती दरबारमा कतिपय सुविधाबाट समेत वञ्चित गरिएका थिए ।
रानी एलिजावेथका कान्छा छोरा एन्ड्रीउको नाम यौनजन्य क्रियाकलापमा मानव ओसारपसारमा संलग्न भई दोषी ठहरिएका इपिस्टेनसँग जोडिएपछि नै बदनाम भएको थियो । एन्ड्रीउको तस्बिर इपिस्टेनले यौन क्रियाकलापमा संलग्न गराएका महिलासँग जोडिएर सार्वजनिक भयो । जसम्ये एक थिइन् भर्जिनिया जिउफ्री ।
एन्ड्रीउले १७ वर्षकी हुँदा भर्जिनिया गिउफ्रेसँग यौन सम्बन्ध राखेका थिए । कम उमेरकी केटीमाथि यौनसम्बन्ध राखेको विषय भर्जिनियाले बाहिर ल्याइन् । अदालतमा मुद्दा दायर गरिन् । यसले राजकुमार एन्ड्रीउ बदनाम मात्र भएनन् पद नै जाने अवस्था बन्यो ।
अमेरिकाको जिल्ला अदालतमा मङ्गलबार राजकुमार एन्ड्रीउ र भर्जिनियाले संयुक्त पत्र पठाएर यो विषयमा समझदारी गरेको जानकारी गराएका छन् । पैसा उल्लेख नगरी यो विषयमा समझदारी बनेको र अदालतमा दायर गरेको मुद्दा खारेज गर्न भनिएको छ ।
विगतमा भर्जिनिया रोबर्टसको नामले चिनिने भनिर्जिया जिउफ्रीले १६ वर्षको उमेरदेखि यौन जन्य कार्यमा महिला बेचबिखनको अभियोग लागेका इपिस्टिनको माध्यमले आफूमाथि एन्ड्रीउले दुव्र्यवहार गरेको अभियोग लगाएकी थिइन् । भर्जिनिया अहिले ३८ वर्षकी भइन् । राजकुमार एन्ड्रीउ ६१ वर्षका छन् । उनीमाथिको दुव्यर्वहार भने २१ वर्ष अघि भएको थियो ।
इपिस्टिनले अमेरिकाको जेलमा २०१९ मा आत्महत्या गरिसकेका छन् । यो घटना विश्वकै ध्यानाकर्षण गर्न सफल भयो ।