Logo

गठबन्धनको भविष्य अन्यौलमा, पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा



काठमाडौं, ४ फागुन । अमेरिकी सहयोग सम्झौता (एमसीसी) कै कारण सत्ता गठबन्धन भत्किने सम्भावना बढेको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नै एमसीसीको विपक्षमा खुलेर लागेपछि नेपाली कांग्रेसलाई भने सकस परेको छ ।

आज विहानमात्रै माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी जबजरजस्ती रुपमा संसद्मा टेबुल गरिए सरकार छोड्ने र विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । दलको उक्त निर्णय बोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिवेला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा छन् । अहिले दुई नेताबीच भेटवार्ता जारी छ।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् । माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्र्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए । उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्