Logo

यी ६ वटा पार्टीले मात्रै स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्न पाउने



काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुलाई मात्र दलको चुनाव चिन्ह् दिने भएको छ । राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिहृन प्रदान गर्ने भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था अनुसार आयोगले चुनावचिन्ह्र प्रदान गर्न लागेको हो । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।

स्थानीय चुनावमा यी ६ वटा दलले चुनाव चिन्ह्र पाउने भएका हुन् । (नेकपा एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल) ।



प्रतिक्रिया दिनुहोस्