Logo

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसीसी कार्यसुचिमा नराख्ने निर्णय सुनाए



काठमाडौं, ४ फागुन । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । एमाले र जसपाबिना बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा एमसीसी कार्यसुचिमा नराख्ने निर्णय सुनाएका छन् ।

आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको थियो । सभामुख सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्