Logo

एनआरएनए निर्वाचनः पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट चैत ७ र ८ मा हुने



काठमाडौं, ४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी चैत ७ र ८ गते चुनाव गर्ने भएको छ । आज एनआरएनएले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

एनआरएनएको चुनाव कार्यतालिकामा फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।

त्यस्तै, मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने एनआरएनएको कार्यतालिका रहेको छ । यसपटकको एनआरएनएको चुनाव इतिहासमै पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट चुनाव हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot