Logo

प्रधानमन्त्री देउवालाई प्रचण्डको आग्रह : एमालेले एमसीसीमा साथ दिने कुरामा विश्वास नगर्नुहोस



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक भएका छन् । सरकारले आजै एमसीसी सदनमा टेबुल गर्नेगरि तयारी थालेको थियो ।

तर, सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने आफ्नो दलको संसदीय दलको निर्णय बोकेर बालुवाटार पुगेपछि देउवा एक कदम ब्याक भएको बुझिएको छ ।

स्रोतकाअनुसार प्रचण्डले एमसीसी आजै सदनमा टेबुल गर्न नहुने अडान लिए । उनले बरु, पाँच दलीय गठबन्धनमा आवद्ध नेताहरुसँग निर्णायक छलफल गरौं भन्ने प्रस्ताव देउवासामू राखेका थिए ।

प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘आज एमसीसी टेबुल नगरौं। अन्तिम समयसम्म बरु यसको लागि पहल गरौं। हतरामा निर्णय नगरौं । सरकारबाट हामी बाहिरिनुपर्ने अवस्था आउन सक्छ । अझै एकपटक सहमतिको लागि प्रयास गरौं । तपाईँ अलिक गम्भीर हुनुपर्यो, एमसीसी पास गराउन एमालेले साथ दिन्छ भन्ने कुरा विश्वास नगर्नुहोस ।’

दाहालको आग्रहअनुसार प्रधानमन्त्र देउवाले आज एमसीसी सदनमा टेबुल नगर्नेबारे आफ्ना मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । उनले भोलि दिउँसो ३ बजे नै पाँच दलीय गठबन्धनको बैठकसमेत बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot