Logo

किसान लघुवित्तको नाफा २१ प्रतिशतले वृद्धि



काठमाडौ, ४ फागुन । किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ५२ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीको चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ भने जगेडामा रू. ३७ करोड १३ लाख सञ्चित गरेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू। ५ अर्ब ११ करोड सापटि लिएर १ अर्ब २७ करोड निक्षेप संकलन गरेर ६ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । कम्पनीको चुक्तापूँजी २३ दशमलव शून्य ४ (वार्षिक), मूल्य आम्दानी अनुपात ६६ दशमलव ६५ गुणा,तरलता अनुपात २४ दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १९४ रहेको छ ।

साथै कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्