Logo

वाईसीएसल संयोजक देवकोटा घाइते



काठमाडौँ, ४ फागुन ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको युवा नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्