काठमाडौं, ४ फागुन । बालाजुमा आज बिहान ट्याक्टरले किचेर एक बृद्धको मृत्यु भएको छ । ट्याक्टरमा सवार व्यक्ति अचानक खसेपछि ट्याक्टरको चक्काले किचेको थियो ।
गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय बृद्धको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको भने हालसम्म पहिचान खुलेको छैन् ।
७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टर उनी खसेका थिए । ट्याक्टर चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।