Logo

‘ए’ डिभिजन लिगः आर्मी बराबरीमा रोकियो



काठमाडौं, ४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको हो ।

खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६५औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको इन्जुरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ भने हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot