काठमाडौं, ४ फागुन । साताको कारोबारको चौथो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १९ दशमलव ८४ अंकले घटेर २७ सय ३४ दशमलव ४४ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ४७ अंकले घटेर ५१८ दशमलव ६६ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर कारोबार भएको छ ।