काठमाडौं, ४ फागुन । निःशुल्क गुर्जो सेवा गदै आएका अभियन्ता कमलबहादुर राजलवटले आज भक्तपुरको हनुमानघाटमा मेला भर्न आएका तिर्थालुहरुलाई निःशुल्क गुर्जो सेवा गरेका छन् । हनुमानघाटको गुर्जो सेवामा भने गोपाल खड्का र बहिनी गीता श्रेष्ठको सक्रिय सहभागिता रहेको पनि राजलवटले जनाए ।
उक्त अवसरमा तिर्थालुहरुलाई गुर्जोको चिया र धुलो औषधी सेवा गरिएको थियो । पछिल्लो समय अभियन्ता राजलवटले गुर्जो सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्दै आएका छन् । उनलाई आफ्ना दाजु रमेशबहादुर राजलवट, बहिनी अञ्जु प्रधान र ज्वाँई राजेश प्रधानले सहयोग गर्दै आएका छन् ।
नेपालमै पाईने जडिबुटी गुर्जो बहुउपयोगी र बहुगुणकारी रहेको भन्दै पछिल्लो समय राजलवटले देशव्यापी रुपमा यसको अभियान चलाएका छन् । गुर्जो सेवनपछि लाभ लिनेहरुले राजलवटलाई सम्पर्क गरि थप धुलो औषधी र चिया प्याकेटको माग गरेको पनि उनले जनाएका छन् ।