Logo

एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै



काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटपछि आजको गठबन्धनको बैठक डाकिएको हो ।

बुधबारको भेटवार्तामा दाहालले गठबन्धनको बैठकपछि मात्र एमसीसीको विषयमा अघि बढ्ने बताएपछि बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजनाबाट देउवा पछि हटेका छन् ।



प्रतिक्रिया दिनुहोस्