Logo

ए डिभिजन लिगमा आज दुई खेल



काठमाडौं, फागुन ५ । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लब भिड्नेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल १ बजे शुरु हुनेछ ।

एनआरटी १० खेलबाट १४ अङ्कको साथ लिगको सातौं स्थानमा छ भने समान खेलबाट १५ अङ्क जोडेको संकटा पाँचौ स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।

मछिन्द्र क्लबबाट लिग गुमाइसकेको मनाङ १० खेलबाट २० अङ्कको साथ दोस्रो स्थानमा छ । समान खेलबाट ११ अङ्क जोडेको एपीएफ नवौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot