काठमाडौं, फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ।
आज विहान भएको भेटवार्तामा एमसीसी लगाएका विषयमा छलफल भएको छ। बुधबारपनि प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा गठबन्धनको बैठकपछि मात्रै एमसीसीको बारेमा अघि बढ्ने दाहालले अडान राखेपछि आज गठबन्धनको बैठक बोलाईएको छ ।
आज पुनः बैठक बस्नु अघि भेटवार्ता भएको छ । आजको भेटवार्तापछि गठबन्धनको बैठक दुई घण्टा सारिएको छ। अव गठबन्धनको बैठक बेलुका ५ बजे बस्ने तय भएको छ ।
यसअघि आज दिउँसो ३ बजेका लागि बैठक तय गरिएको थियो। आजको बैठकबाट एमसीसीका विषयमा साझा धारणामाथी छलफल हुन लागेको बताइएको छ।