Logo

एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्छः डा.महत (भिडियोसहित)



काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्ने भन्दै कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बताएका छन् ।

हिजो राति (बुधबार) प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी पास भए मुलुकमा अमेरिकी सेना आउछ र ठूलो दुर्घटना हुन्छ भन्नु गलत भएको भन्दै बरु एमसीसी पास नभए दुर्घटना हुनसक्ने बताएका हुन् ।

नेपालले आज भन्दा ७२ वर्ष अगाडी पहिलो पटक वैदेशिक सहायता अमेरिकाबाट प्राप्त गरेको स्मरण गराउँदै उनले एमसीसीको विरोध गर्नेहरुले राजनीतिक स्वार्थ राखेको आरोप लगाए ।

यस्तै, इन्डो प्यासिफीक रणनीतीसँग एमसीसीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot