Logo

कक्षा १० सम्मका परीक्षा र नतिजा प्रकाशन वैशाखमै, नयाँ कक्षा जेठबाट सुरु



काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को बाँकी अवधिको पठन पाठन, शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्ना एवम् पठन पाठन गर्ने लगायतका पाँच वटा निर्णय गरेको हो ।

मन्त्रालयको अनुसार विद्यालयले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको गत माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गनुपर्ने समेत जनाएको छ ।

विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्नासमेत बैशाख महिनामा नै शुरु गर्नुपर्ने र २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने तालिका बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot