Logo

च्याम्पियन्स लिगः इन्टर मिलानमाथि लिभरपुलको जित



काठमाडौं, ५ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले इन्टर मिलानमाथि जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७५औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ८३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

इन्टर र लिभरपुलबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot