कलाकारको सम्बन्धमा वास्तविक ’गहिराइ’
एजेन्सी, ५ फागुन । बलिउड कलाकार दीपिका पादुकोण, अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदी स्टारर फिल्म घरायन ११ फेब्रुअरीमा अमेजन प्राइममा रिलिज भएको छ । चलचित्रमा प्रेम, सम्बन्ध, एक्स्ट्रा मैरिटल अफेयर र धोकाको कथा देखाइएको छ । फिल्ममा देखिने दीपिका पादुकोण, अनन्या पाण्डेलगायत धेरै सेलिब्रेटीहरू फिल्मको कथा जस्तै वास्तविक जीवनमा पनि प्रेममा धोका पाएका छन् ।
दीपिका पादुकोणः दीपिका पादुकोणले ‘बचना ए हसिनो’ को–स्टार रणवीर कपुरसँग वर्षौंदेखि डेट गरेकी थिइन् । दुबै यति गम्भीर सम्बन्धमा थिए कि अभिनेत्रीले रणबीर कपुरको लागि आरके ट्याटु समेत बनाइदिइन् । कट्रिना आएपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो । अभिनेत्रीले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणवीरले धोका दिएको स्वीकार गरेकी थिइन् ।
निलम कोठारीः गोविन्दा एक पटक आफ्नो डेब्यू फिल्मको को–स्टार नीलम कोठारीसँग रिलेशनशिपमा थिए। नीलम र गोविन्दाले १४ वटा फिल्ममा सँगै काम गरेका थिए, जसमा दुवै एकअर्काको प्रेममा परेका थिए । यसैबीच अभिनेताकी आमाले उनको बाल्यकालकी साथी सुनितासँग विवाह गरिदिइन् । आफ्नो करियरको सुरुवातमा गोविन्दाले आफ्नो विवाह गोप्य राखेका थिए र नीलमलाई पनि यो कुरा थाहा थिएन । गोविन्दाको विवाहको बारेमा थाहा पाएपछि उनीहरुले सम्बन्ध तोडेका थिए ।
रविना टण्डनः कुनै समय रविना टण्डनको अनस्क्रिन केमेस्ट्रीबाहेक अफस्क्रिन केमेस्ट्री पनि चर्चामा थियो । दुवैले मन्दिरमा गोप्य रूपमा इन्गेजमेन्ट गरेको भनिएको थियो तर अक्षयको जीवनमा शिल्पा शेट्टीको आगमन भएप्छि उनीहरुको सम्बन्ध तोडिएको थियो । अक्षयको धोकाबाट रविना निकै भाँचिएकी थिइन् ।
शिल्पा शेट्टीः ९० को दशकको चर्चित जोडी शिल्पा शेट्टी र अक्षय कुमार रिलेशनशिपमा थिए । धेरै फिल्ममा सँगै काम गर्दागर्दै यी दुई एकअर्काको प्रेममा परेका थिए । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए तर केही महिनामै अक्षयको जीवनमा ट्विंकल खन्ना आइन् । शिल्पासँग सम्बन्धमा रहे पनि अक्षय ट्विंकलसँग नजिक भएका थिए । ब्रेकअपको समयमा दुवैले फिल्म ‘धडकन’मा काम गरिरहेका थिए । अक्षयसँग अलग भएपछि शिल्पाले मिडियामा आफ्नो विरुद्धमा धेरै बयान दिएर सँगै काम नगर्ने निर्णय गरेकी थिइन् ।
अमृता सिंहः सैफ अली खानले सन् १९९१ मा आफ्नी जेठी उमेरकी अमृता सिंहसँग विवाह गरेका थिए । यस विवाहबाट, दम्पतीका दुई सन्तान, सारा र इब्राहिम छन्। इटालियन मोडल रोजा क्याटालानोसँग सैफको निकटता बढेपछि वैवाहिक जीवनमा समस्या सुरु भएको थियो । दुवैबीच झगडा बढ्न थाल्यो र सन् २००४ मा दुवैको सम्बन्धविच्छेद भयो ।
सना खानः बलिउड छोडेर धर्मको बाटो लागेकी सना खानले पनि प्रेममा धोका पाएकी छिन् । अभिनेत्री एक पटक कोरियोग्राफर मेल्विन लुईससँग डेट गरिरहेकी थिइन्, जसलाई उनले रंगेहात समातिन्। सनासँग सम्बन्धमा रहे पनि मेल्विनको धेरै केटीसँग सम्बन्ध थियो । यो कुरा सनाले लाइभ मार्फत खुलासा गरेकी हुन् ।