Logo

बेइजिङ ओलम्पिकः शीर्ष स्थानमा नर्वे, कुन देशलाई कति पदक ?



काठमाडौं, ५ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सर्वाधिक २८ पदक जितेको नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्य पदक हात पारेको छ ।

२० पदकका साथ दोस्रो स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

साथै, तेस्रो स्थानको अमेरिकाले ८ स्वर्ण, ७ रजत र ४ कास्य जित्दै कुल १९ वटा पदक जितेको छ ।

आयोजक चीनले कुल १३ पदक जित्दा ७ स्वर्ण, ४ रजत र २ कास्य हात पारेको छ ।

अष्ट्रीया, नेदरल्यान्ड्स र स्वीडेनले समान ६÷६ स्वर्ण जितेका छन् ।

यस्तै, स्वीट्जरल्यान्डले ५ तथा रुस ओलम्पिक कमिटि र फ्रान्सले समान ४÷४ स्वर्ण जित्न सफल भएका छन् ।

१८ पदक जितेको क्यानडाले तिन स्वर्ण पदकमा चित्त बुझाँएको छ ।

इटली, जापान, साउथ कोरिया र स्लोभेनियाले समान दुई÷दुई स्वर्ण जितेका छन् ।

१६औं स्थानमा रहेको फिनल्याण्डले छ पदक जित्दा एक स्वर्ण, २ रजत र तिन कास्य पदक जितेको छ ।

साथै अष्ट्रेलिया, न्यूजिल्याण्ड, हंगेरि, चेक रिपब्लीक र स्लोभाकियाले समेत समान एक÷एक स्वर्णमा चित्त बुझाँएका छन् भने सहभागी अन्य सात मुलुकका खेलाडीले स्वर्ण जित्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot