Logo

हिमालय एअरलाइन्सको साउदी उडान सुरु



काठमाडौँ, ५ फागुन। हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सुरु गरेको छ । साउदी सिभिल एभिएसनबाट हिमालय एअरलाइन्सले उडान अनुमति पाएपछि दमाम र रियादका लागि उडान सूचारु गरेको हो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि एअरलाइन्सले गत ९ देखि १२ फेबु्रअरीसम्म उडान बन्द गरेको थियो । एभिएसनले अनुमति दिएसँगै १३ फेब्रुअरीबाट नियमित उडान भइरहेको एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले स्थगित भएका उडानका यात्रुलाई टिकटको सबै रकम फिर्ता गरेको जनाएको छ । ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको छ । साथै, १० फेब्रुअरीपछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्स्को बिक्री कार्यालयमा सम्पर्क गर्न एअरलाइन्सले अनुरोध गरेको छ ।

सन् २०१४ मा नेपाल–चीनबीच संयुक्त रुपमा स्थापित हिमालय एअरलाइन्स नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । यस एयरलाइन्सले छोटो समयमै चारवटा जहाज आफ्नो स्वामित्वमा ल्याउन सफल भएको छ भने खाडी र एसियाका विभिन्न ७ वटा गन्तब्यमा आफ्नो उडान भरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot