Logo

पाँच दलीय गठबन्धनको आजको बैठकमा उपेन्द्र यादव नजाने



काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको आज बस्ने बैठकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन् ।

‘अध्यक्ष उपेन्द्र यादवज्यु गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले न्युज कारखानालाई भने ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो । तर, जसपा अध्यक्ष यादव भने यस्तो महत्वपूर्ण बैठकमा भने सहभागी नहुने भएका छन् । कतिपयले यादवले गठबन्धनको बैठक बहिष्कार गर्न लागेको भनेर पनि टिप्पणी गर्न थालेका छन् ।

सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् । file photo



प्रतिक्रिया दिनुहोस्