काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत रेन्डी बेरीले भेटेका छन् । बालुवाटार पुगेका बेरीले एमसीसीको विषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ ।
एमसीसीको पक्षमा गठबन्धनका तीन दल नरहेपछि देउवासामु गठबन्धन तोड्ने या एमसीसीबाट पछि हट्नेबाहेकको विकल्प देखिएको छैन ।
यसकारण देउवाले एमसीसीको अडानलगायत भविष्यमा चाल्ने कदमबारे कुराकानी गरेको बुझिएको छ ।-File Photo