Logo

कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलर नजिक पुगेपछि….



काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल सय डलर नजिक पुगेको छ । फेब्रुअरी महिनाभित्र सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ ।

आज नयाँ मूल्य अनुसार बोनी लाइटको तेल ९७ डलर प्रतिब्यारल उल्लेख छ । ओपेक बास्केटको तेल ९५ डलर नजिक छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले अहिले नै प्रति महिना दुई अर्ब रुपैयाँ भन्दा बढी घाटा व्यहोरिरहेको छ । नयाँ मूल्यवृद्धिले घाटा बढ्ने भएको छ ।

निगमले बढी घाटाका कारण तेलको मूल्य वृद्धिको प्रयास गरेको छ । यसका लागि सरकारसँग स्वीकृती माग्ने तयारी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot