Logo

पेट्रोलियम उद्दोगमा प्रयोग हुने फ्राक स्यान्डको मूल्य बढ्यो



काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुनुमा युक्रेन संकट मात्र होइन । पेट्रोलियम उद्दोगहरुले प्रयोग गर्ने कच्चा पद्धार्थको मूल्य वृद्धि पनि कारण हो ।

पछिल्लो समय फ्राक स्यान्डको मूल्य धेरै वृद्धि भएको छ । यो अति शुद्ध बालुवाको प्रकार हो जुन पेट्रोलियम पद्धार्थको उत्पादनमा प्रयोग हुन्छ ।
सन् २०१० मा यसको माग निकै बढेको थियो । तेल र ग्याँस उत्पादनमा यसको प्रयोग उत्कृष्ट देखियो ।

अहिले लाखौं टन फ्राक स्यान्ड प्रत्येक वर्ष प्रयोग हुन्छ । तेलको कुवाहरुमा यो प्रकारको बालुवाको प्रयोग गरेर उत्पादन गरिन्छ ।

फ्रान्क स्यान्डको बजार सन् २०२० मा ७ अर्ब डलरभन्दा बढीको थियो । वर्षेनी यसको माग ७.५ प्रतिशतले बढिरहेको उल्लेख छ । सन् २०२६ मा यसको बजार बढेर ११ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान छ । माग बढ्दा पनि यसको मूल्यवृद्धि भइरहेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot