Logo

कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन पर सर्‍यो (विज्ञप्तिसहित)



काठमाडौँ, ५ फागुन: नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन मिति दुई पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको जिल्ला अधिवेशन दुई दिन पछि सारेर फागुन १५ गते हुने भएको हो ।

१३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिको जन्मोत्सव परेकाले अधिवेशनको मिति केही पर सार्न निधिका पुत्र एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुरोध गरेका थिए । कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन बाँकी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्