Logo

आज सामान्य अंकले घट्यो नेप्से



काठमाडौं, ५ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १ दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ विन्दु कायम भएको हो ।

शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० अंकमा रहेर ५१९ दशमलव ६५ विन्दुमा कामय भएको छ । यसैगरी, आज २२७ कम्पनीको २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot