Logo

सिंहदरबारमा प्रचण्ड र माधव नेपाल छलफलमा जुटे



काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी भोलिको बैठकमा संसद्मा टेबुल गर्ने तयारी थालेपछि प्रचण्ड र माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । आज साँझ ५ बजे गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नुअघि प्रचण्ड र माधवले साझा धारणा बनाउने बुझिएको छ । माओवादी केन्द्रले एमसीसी सदनमा टेबुल भए विपक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको छ। उता, एकीकृत समाजवादीले पनि त्यही अडान लिएको छ । जनता समाजवादी पार्टी, नेपालमा भने सांसदहरु एमसीसीको कारण विभाजित छन् ।



प्रतिक्रिया दिनुहोस्