Logo

पत्रकार महासङ्घ बैतडीको अध्यक्षमा अवस्थी



बैतडी, ५ फागुन: नेपाल पत्रकार महासङ्घ बैतडी शाखाको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन् । जिल्लामा अवस्थीको अध्यक्षतामा महासङ्घको १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

शाखाको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट, सह–सचिवमा विनोदसिंह विष्ट र समावेशी सह–सचिवमा प्रेम ओडलाई चयन गरिएको छ । यस्तै चार राष्ट्रिय परिषद् सदस्य र नौ प्रदेश परिषद् सदस्यसमेत छनोट गरिएको छ । सदस्यता विवादका कारण शाखाको गत वर्ष चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन् ।

शाखामा नयाँ कार्यसमिति चयनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस सङ्गठन र नेपाल प्रेस सेन्टरबीच सहमती भएको हो । सहमतीका आधारमा कार्यसमिति चयन गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिए ।

विवाद समाधानका लागि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सहमति गराएको थियो । नयाँ कार्यसमितिका पदाधिकारीलाई महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले आज पदभार ग्रहण गराए ।-रासस



प्रतिक्रिया दिनुहोस्