Logo

सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग



भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले उक्त समस्याबारे जानकारी गराएपछि (नेकपा एमाले)को पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिका–२ मा रहेको विनायक आधारभूत विद्यालयमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

भक्तपुर क्षेत्र नं २ का सांसद बस्नेतले रकम हस्तान्तरण गर्दै सामुदायीक विद्यालयमा अहिले गरिब र सामान्य परिवारका छोराछोरी मात्रै पढ्छन् भन्ने मान्यता रहेकामा शैक्षिक गुणस्तर बढाएर सबैको आकर्षण हुने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

वडाध्यक्ष एवं नगरपालिकाको शिक्षा शाखाका संयोजक थापाले सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि भौतिक संरचनादेखि आन्तरिक सुदृढिकरणसम्मका कार्य गर्दै आएको छ भने । केही दिन अगाडि मात्रै वडाध्यक्ष थापाले पाँच वर्षको अवधिमा आफूले पाएको तलब र भत्ताबापतको रु १५ लाख सिपाडोलको गणेश माविलाई गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न हस्तान्तरण गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्